दक्षिण कोरियामा विवाह दर घट्यो

168

एजेन्सी / सोल–दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।

सन् १९८० मा युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो । यो तथ्याङ्कमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९।३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो । दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here