अमेरिकामा बेलुन उदाउँदा दुर्घटना निम्त्यायो

678

प्रायः मानिसहरु रंगी–विरंगी बेलुन उडाएर उत्सव मनाएर मनोरञ्जन लिने गरिन्छ । विशेष कार्यव्रmमहरुमा बेलुन फुलाएपछि मन खुसी बनाइदिने धारणा रहेको पाइन्छ । इतिसहारको पानामा बेलुनले पनि समस्या ल्याएको पाइन्छ । सन् १९८६ मा अमेरिकाको ओहियोस्थित क्लिभल्याण्ड सहरमा त्यस्तै घटनामा घटयो । एउटा च्यारिटी संस्थाले विश्व रेकर्ड कायम गर्ने योजनाका साथ बेलुन फेस्टिवलको आयोजना गरेको थियो । कीर्तिमान कायम गर्नका लागि एकसाथ २० लाख बेलुन फुलाएर आकाशमा छाड्ने योजना थियो । झण्डै २५ सय मानिसले रातभर लगाएर २० लाख बेलुन फुलाउने काम गरेका थिए । फुलाएका लाखौँ बेलुनलाई एकसाथ छाड्नका लागि तीनतले छत बनाएर राखिएको थियो । लाखौँ बेलुन आकाशमा उडेको हेर्न मानिसहरु लालायित थिए । क्लेभलेन्डबासीहरु पूरै जोसले भरिएका थियो । तर एकाएक मौसम बदलियो । मौसम बदली भएपछि आयोजकहरुले २० लाख बेलुन तत्कालै आकाशमा छाड्ने निर्णय गरे । तर बेलुन छाडेसँगै एक्कासि वर्षा भयो । वर्षाले मानिसहरुको सपनामा तुषारापात गरिदियो ।

वर्षाले आकाशमा उडिरहेका बेलुनलाई भुइँमा झारिदियो । क्लेभलेन्ड सहर तथा भवनका छतहरु रंगीचंगी बेलुनले भरिभराउ भए । अवस्था यतिसम्म गम्भीर भयो कि एयरपोर्ट समेत ३० मिनेटका लागि बन्द गर्नुपर्यो । उत्तर अमेरिकाको महान तालमध्येको एक इरी तालमा पानीको सतह बेलुनले ढाकियो । उहि समयमा तालमा दुर्घटना भएर दुईजना मानिस बेपत्ता भए । उनीहरुको खोजी कार्यसमेत बेलुनका कारण प्रभावित भयो । अर्को दिन मात्र ती दुई व्यक्तिको लास फेला पर्यो । दुर्घटनाको सिकार भएका व्यक्तिका परिवारहरुले बेलुन फेस्टिबल आयोजकमाथि मुद्दा हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here