२१औं सांस्कृतिक प्रतिरोध दिवस

222

-हुकुमबहादुर सिंह
प्रत्येक सालको चैत्र ५ गते माओवादी जनयुद्धका क्रममा जनताका महान छोराछोरीले मादल, कलम र गितार बोकेर जनताको पक्षमा गीत गाएकै आधारमा तत्कालीन सरकारले काभ्रेको अनेकोटमा उनीहरूको निमर्मतापूर्वक हत्या गरिएको दिनलाई नेकपा माओवादी सम्बद्ध विभिन्न समूहहरूले त्यस दिनलाई एउटा वीरता र बलिदानको सांस्कृतिक प्रतिरोध दिवस दिन भनेर मनाउने गर्दछन् । जनयुद्धको एउटा घटक प्रचण्डको नेतृत्वमा एमालेमा बिलय भएपछि भने माओवादी जनयुद्धको सहिदहरूको सम्झना उनीहरूका लागि अनावश्यक बन्न गएको छ । फागुन १ गतेलाई जनयुद्ध दिवस मनाएकोमा सरकारी नेकपाभित्र विवाद भएको यथार्थलाई ध्यान दिंदा के स्पष्ट हुन्छ भने उनीहरू अब नामको मात्रै नेकपा तर सही मानेमा भाइ कांग्रेस भएका छन् । किनभने जनयुद्ध दिवसलाई मनाउने सवालमा उक्त पार्टीभित्र विवाद देखियो तर फागुन ७ गतेलाई अनावश्यक महत्व दिएर ओली सरकारले उक्त दिवस मनायो । त्यसैगरी २१औं सांस्कृतिकप्रतिरोध दिवसका मनाउने सवालमा त झन प्रचण्ड देश वाहिर भएको अवस्थामो यो दिवसलाई ओली र माधवको कालो छाया“मूनी उनीहरू अहिले सम्झनेसम्म पनि हिम्मतहुने छैन ।

नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध जनसांस्कृतिक महासंघ र इच्छुक प्रतिष्ठानको आयोजनामा २१औं सांस्कृतिक प्रतिरोध दिवस मनाइयो । २१औं सांस्कृतिक प्रतिरोध दिवस मनाउने कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जनयुद्ध राजनीति, कलम, बन्दुक र मादलको संगम भएको यथार्थतालाई सम्झना गर्दै क्रान्तिकारीहरूका निम्ति यी सबै साधनहरूको संगम जरुरी हुन्छ भन्नुभयो । उहाँले थपजोड दिंदै भन्नुभयो– ‘विचित्रता के भएको छ भने बन्दुक समाएका साथीहरू अहिले खलनायक बन्न गएका छन् । उनीहरूका भाषा अब दलाल तथा नोकरशाहका भाषा भएका छन् । क्रान्तिकारीहरूलाई लुटाहाको संज्ञा दिएका छन् ।’ गत हप्ता नेपालमा तीनवटा घटना घटे– प्रथम सिके राउतलाई सम्मान गर्ने काम भयो । द्वितीय विप्लव समूहमाथि प्रतिबन्धलगाउने काम सरकारले ग¥यो । तृतीय रेशम चौधरीलाई ज्यान मुद्दा लगाइयो । यी घटनाहरूबाट के स्पष्ट हुन्छ भने सरकार बाह्य शक्तिको खासगरी अमेरिकी र युरोपियनहरूको सरसल्लामा चलेको छ ।

विगतमा अमेरिका सिधै नेपालमा नआई भारतमार्फत आउने गर्दथ्यो तर अब इन्डो प्यासिफिक संगठनमार्फत अब अमेरिका सिधै नेपालमाथिको हस्तक्षेप बढाउने रणनीतिमा छ । ओली सरकार अमेरिकी इशारामा काम गर्दैछ भन्ने स्पष्ट बन्दैछ । अमेरिकाले नेपालमाथि सहयोगकालागि दुइवटा सर्तहरू अगाडि सारेको चर्चा बाहिर आएको छ –प्रथम उत्तर कोरियामाथिको अमेरिकी नाकाबन्दीलाई नेपालले समर्थन गर्नुपर्ने र दोस्रो तिब्बतबाट भागेर नेपाल हु“दै भारतको दलाइ लामाको शिविरसम्म जानेहरूलाई चीनतर्फ नफर्काइ स–सम्मान भारत पठाउने व्यवस्था गर्ने । यी दुई सर्त यस्ता छन् जसले चीन नेपाल सम्वन्धमाथि कालो बादल मडारिने छ र नेपालको एक चीन नीतिबाट ओली सरकार पछि हट्ने छ । यसबाट इतिहासदेखिको नेपाल चीन मित्रता भताभुङ्ग भएर जानेछ । यसरी सिके राउतको घटना भविश्यमा झन जटिल भएर जाने स्पष्ट छ ।

यसरी दशवर्से जनयुद्धले उठाएका सामन्तवाद र साम्राज्यवादरूपी नेपाली क्रान्तिका दुई वटा पहाड भत्काउन बा“की नै छन् र जसलाई माओको नया“ जनवादी क्रान्तिको महत्वमा कमी आएको छैन र ती सांस्कृतिककर्मीहरूले जेका लागि बलिदान दिएका थिए, त्यो अझै पूरा भएको छैन । २१औं सांस्कृतिक प्रतिरोध दिवस मनाइरहँदा नेपाली क्रान्तिको आवश्यकता र ओचित्यतामा कुनै कमी आएको छैन । आवश्यकता छ उक्त क्रान्तिका लागि एउटा बृहदतर क्रान्तिकारी कम्युनिस्टहरू र देशभक्तहरूको संयुक्त मोर्चाको आवश्यकता छ । [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here