गजल

245

उज्वल सागर

उसो त ऊ नामुद भ्रष्टचारी हो ।
देशकै लागि ठूलो बिमारी हो ।।

हुन त काम सानो ठूलो हुँदैन भन्छन् ।
तर पूजारी पुजारी हो, भिखारी भिखारी हो ।

मान्छेले आफ्नो क्षमताआँफै चिन्नुपर्छ ।
तर अरूको क्षमता नस्वीकार्नु अहंकारी हो ।।

यदि प्रेमलाई कसैले पैसासँग हेर्छ भने ।
सम्झ, ऊ प्रेमको कालोबजारी हो ।।

यसपाली हार भयो भनेर चिन्ता नगर ।
किनकि त्योपनि जितको पूर्व तयारी हो ।।

देश बिग्रियो भनेर कराउने मात्र हैन ।
बनाउने हाम्रोपनि जिम्मेवारी हो ।।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here