आजदेखि एसइई परीक्षा शुरु

156

काठमाडौँ, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुदैछ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here