‘कीर्तिपुर महिला महोत्सव २०७५’ हुने

443

कीर्तिपुर / कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव’ हुने भएको छ ।
‘कीर्तिपुर ओमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत्र २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
किर्तिपुर नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३ व १० मा उक्त महोत्सव हुने कीर्तिपुर नगरपालिकाका २ वडा वडाध्यक्ष साथैं किर्तिपुर नगरपालिकाका संस्कृति पर्यटन विभाग प्रमुख रमेशमान डंगोलले जानकारी दिनु भयो ।

उक्त महोत्सवमा किर्तिपुरका महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशनीका अलावा विविध नेवाः परिकारहरु उत्सवमा रहने वडा नंं. २ का अध्यक्षले जानकारी दिनु भयो । तीन सम्म संचालन हुने प्रर्दशनीमा ‘कीर्तिपुर महिला फेस्टिभल’ मा टोलटोलमा मौलिक नेवाः सांस्कृतिक झाँकीका साथैं लाईभ कन्सर्ट सांगितिक कार्यक्रम पनि हुने
हुने भएको छ । यस महिला महोत्सवमा सम्पूर्ण संस्कृतिक प्रमिहरुलाई सहभागीको निम्ति किर्तिपुर नगरपालिकाले विशेष अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here