भेनेजुयलामा राजनीतिक संघर्षका कारण पानीको संकट

231

एजेन्सी / भेनेजुएलामा गत ६ दिनदेखि बिजुली आपूर्ती बन्द भएको कारण खानेपानीको समस्या उत्पन्न भएको छ । बिजुलीबाट चल्ने पम्पले काम नगरेकाले घरघरमा पानी नपुगेका हो । अहिले थोपा–थोपा पानीको लागि भेनेजुएलाका जनता खानेपानीका निम्ति तड्पिरहेका छन् । दैनिकि चलाउनका निम्ति खाली ड्रम, बोतल, डिब्बा लिएर पानीका लागि बालबालिका, बुढाबुढी तथा युवायुवतीहरु पानी खोज्ने परेका छन् । भेनेजुएलाको राजधानी कराकासदेखि अन्य विभिन्न शहरमा निकै समस्या खेपिरहेका छन ।

भेनेजुएलाका जनताहरु अघिल्लो राजनीतिक संघर्षका कारणले गर्दा औषधी र खानपिनका सामानको कमीसँग जुधिरहेका थिए । एक्कासी बिजुली आपूर्ती बन्द भएपछि जल संकटका कारण स्थानीयहरु सडकमा आउन बाध्य भएका छन् । कराकासको स्थानीय समयानुसार गत बिहिबार दिउँसोदेखि घरसम्म पानी पुग्ने पम्पले काम गर्न बन्द गरेको छ । त्यसकारण स्थानीय जनताहरु घरबाट निस्किएर पानीको खोजी गर्न सुरु गर्न बाध्य भएका छन् । त्यहाका स्थानीय बासीहरु पानीको खोजीमा जंगलतिर पनि पुगेका छन् । यस्तै, शहरमा पानीको कमीका कारण मानिसहरु कुलोबाट पानी लिन बाध्य भएका छन् । भेनेजुएलामा जारी राजनीतिक संकटका बीच सरकारदेखि विपक्षी दल दुबै बिजुली संकटका लागि एक–अर्काकामाथि आरोप लगाइरहेका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले बिजुली ग्रिड र इलेक्ट्रोम्याग्नेटिक र साइबर हमला गरेका छन् । गत मंगलबार भेनेजुएलाका प्रसिक्यूटर जनरल तारेक साबले विपक्षी नेता ख्वान ग्वाइदोमाथि उक्त हमलाको षड्यन्त्र रचेको आरोप लगाएका छन् । यस्तै, ख्वाइद ग्वाइदोले यो संकटका लागि थुप्रै वर्षदेखि जारी सरकारी अव्यवस्था र मर्मतको कमीलाई जिम्मेवार बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here