सांसदले चुनाव जितेमा हरेक घरलाई १० लिटर रक्सी दिने घोषणा

295

एजेन्सी / भारतमा लोकसभा चुनावको माहोल ताति रहेको मौकामा पारेर उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका निम्ति अनेक उपायहरु अवलम्बन गरेका छन् । यसैबीच तमिलनाडुका उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् । चुनावमा जित्नका निम्ति स्वतन्त्र रुपमा उम्मेदवारीमा दिएका उम्मेदवारले यदि आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने अनौठो किसिमको घोषणा गरेका छन् ।

सूूचिकार पेशामा आवद्ध ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा लडेका छन् । आफ्नो चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका छन् । घोषणापत्रमा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि गरेका छन् । यसका अलवा हरेक परिवारका निम्ति १०लिटर रक्सी दिने पनि घोषणा गरेका छन् । यसका साथैं आफुले मानिसहरुलाई बिगार्नका निम्ति रक्सी बितरण गर्ने योजना नबनाएको भन्दै उनले पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने उनको भनाइ छ । उक्त घोषणापत्रमा हरेक परिवारका एक जनालाई सरकारी जागिर दिने, हरेक छोरीलाई बिहेको बेला १० वटा सुनका सिक्का र १० लाख नगद दिने जस्ता घोषणा पनि गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here