सुदर्शनलाई तीन दिनभित्र हाजिर गराउन आदेश

150

काठमाडौँ, सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता ओलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

नख्खुस्थित एनसेलको टावरमा बम विस्फोट गर्दा एक जनाको ज्यानसमेत गएको घटनाको जिम्मा लिएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको थियो । नेता ओलीका छोरी विपना ओलीले बिनाकारण प्रहरी पक्राउ गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गराएकी थिइन । ओलीलाई यही चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here