पीडित परिवार भन्छन्– ‘रमिलाको विभत्स हत्यामा योगेन्द्रबाहेक अन्यको पनि संलग्नता’ (भिडियो)

348

बेलबारी / मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएपछि उनका आफन्त र स्थानीयले अभियुक्त योगेन्द्र गुरुङ सहित अन्यको पनि संलग्नता रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

रमिलाको घर बेलबारी ४ बुधबारे स्कुलटोलमा शनिबार पत्रकार सम्मेलन गरी सो माग गरेका हुन् । रमिलाका आफन्त तथा स्थानीयले घटनाको प्रकृति हेर्दा योगेन्द्र गुरुङको मात्र सहभागिता नभएकोले थप व्यक्तिको पनि संलग्नता भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन् ।

साथै राईको हत्यामा संलग्न गुरुङलाई बेलबारीमै सार्वजनिक गर्नुपर्ने, अपराधिलाई जन्मकैद हुनुपर्ने, १० बर्षिय छोरी शिखा लिम्बुको पालनपोषण तथा रेखदेखको व्यवस्था हुनुपर्ने, हत्यारा गुरुङकी आमाले दिएको अभिव्यक्तिमा राजिनितिक कारण भनिएकोले उक्त बिषयमा समेत अनुसन्धान हुनुपर्ने लगायतका माग आफन्त तथा स्थानीयले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here