एक कप चिया दान अभियानमा मदनकृष्ण श्रेष्ठ

307

काठमाडौं / नवौं ‘एक कप चिया दान अभियान’ कार्यक्रम यही चैत्र १६ गते शनिबार काठमाडौंको टेकूस्थित भिभा बेन्क्यूटमा सम्पन्न भयो । प्रमुख अतिथिका रुपमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उट्घाटन गर्नु भएको थियो । युवा नेत्र सेवाका महासचिव रोशनराज महर्जनले हरेक मान्छेमा रहेको अंहकार परिर्वतन गरी आँखा एक कप चिया दान अभियानको चेतना जगाउन तथा  मानव जीवनमा दानको महत्व र त्यसको सदुपयोगको जानकारी गराउँदै स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थाको मानवीय कार्यबाट उत्प्ररित भई आजीवन सदस्य भएका श्रेष्ठ, सुरेन्द्र प्रसाद ढकाल र आस्था सुवेदीले जीवनका बास्तविक भोगाईसित सम्बन्धित मर्मपर्शी भावना व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथिको आशनबाट मदनकृष्ण श्रेष्ठले पुण्य मानवीय कार्यको निम्ति सधैं मनलाई सकारात्मक भावना जगाइ सधैं अग्रसर हुनु पर्ने धारणा राख्नु भयो । उहाँले, आधुनिक विज्ञानका कारणले आँखा दान मात्रै नभइ किड्नी, मुटु तथा छालासमेत दान दिन सक्ने भएको र दान नै ठुलो धर्म भएका स्पष्ट पार्नु भयो । यस आँखादान अभियानका अभियन्ताबाट अभिप्रेरित भएकाले सम्पूर्ण मनहरुलाई सहयोग गर्न उहाँले आग्रह गर्नु भयो ।  एक कप चियाले आँखाको ज्योति पाउन सक्छ, नयाँ जीवन पाउन पाउन सक्छ, दृष्टिबिहिन हुनबाट रोक्न मद्दत गर्ने जस्ता सन्देशमा सन्देशमूलक १ मिनेटको भिडियो सो क्रममा देखाइएको थियो ।

अभियानमा आँखाका बिरामीहरुलाई चस्मा सहयोग गर्ने इटाली नागरिक Begni Guseppe, युवा नेत्र सेवाका एक कप चिया दान अभियान गीतका रचनाकार डा. नवराज लम्साल, संगीतकार मनराजा नकर्मी, तथा स्वर संगिता शाक्य थापा तथा आजीवन सदस्य भएकाहरुलाई प्रमुख अतिथिद्धारा सम्मानित गरिएको थियो ।


सभापतिको आशनबाट सिद्धार्थ रञ्जितले ‘एक कप चिया दान अभियान’ विपन्नता तथा गरिबीका कारण आँखा उपचारबाट बञ्चित उपत्यका बाहीरका जिल्लाहरु तथा विकाशोन्मुख राष्ट्रहरुमा समेत अभियान संसारभरि नै पु¥याउने उद्देश्य रहेको जानकारी गराउनु भयो ।  सञ्जिव कुमार मल्लिक, नुटन सुवेदी, मनराम नकर्मी, अमीरमान शाक्य, लक्ष्मी प्रशाद अधिकारी, कुमार रञ्जित, डा. धुव्र श्रेष्ठ, डा. राम प्रसाद पोखरेल आदिलाई सल्लाहकारमा चयन गरिएको छ । — प्रस्तुति रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here