क्रिश्चियन धर्म प्रचारको आरोपमा ७ वर्ष कैद सजाय

48

एजेन्सी / चीनमा अमेरिकी मुलका क्रिश्चियन पाष्टर मिस्टर जोनलाई ७ वर्षको जेल सजाय हुने भएको छ । उनले चीनमा ईसाईकरण गरेको आरोप लागेको छ । यति मात्र नभई चीनबाट बाईबल बोकेर गैरकानुनी ढंगबाट उनी म्यानमार पनि जान थालेका थिए । उनले बारम्बार यस्तो गरेपछि चीनको सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीले उनलाई पक्रेका थिए । हालैको एक तथ्यांकका अनुसार युनान प्रान्तमा पनि २०० जना ईसाईलाई जेल सजाय भएको छ । त्यस्तै १०० भन्दा बढी घरभित्र चलाईएका चर्चमा ताला लगाईएको समाचार छ ।

त्यसैगरी ग्वान्जाउ प्रान्तमा हौसी नाम गरेको चर्चले ८ लाख पाउण्ड बराबरको सम्पत्ति गैरकानुनी ढंगबाट कमाएपछि चर्चका पाष्टहरूलाई जेल चलान गरिएको छ भने चर्चमा ताला लगाइएको छ । यसका साथै चीनले बाईबलको अनलाईन विक्री वितरणमा पनि प्रतिबन्ध लगाएको छ । जबकी अन्य धर्मका पुस्तकको अनलाईन विक्रीमा प्रतिबन्ध लगाइएको छैन । अब बाईबल चीनले तोकेका चर्चका पुस्तक पसलमा मात्रै किन्न पाईने छ । साथैं दर्ता नगरी खोलिएका सबै चर्च धमाधम बन्द गरिँदैछन् । घरभित्र चर्च चलाउनेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । १५०० चर्चबाट क्रुस हटाइएको छ । हङकङमा रहेको ५० हजार मानिस अटाउने चर्च गैरकानुनी प्रमाणित भएपछि ध्वस्त पारिएको छ । सरकारको नीति विपरित चर्च चलाउने व्यक्तिहरूलाई ७ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको छ । चीनमा ईसाई पन्थको प्रचारमा पनि कडा प्रतिबन्ध लगाईको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here