जमीन बाँझो राख्नेलाई सरकारबाट कारवाही

72

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने जनाएका छन् ।

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो कुरा जनाएका हुन् ।

सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्छ, आफ्नो बाँझो रहेको जमीन उत्पादनमूलक बाली लगाउनुस् ।’ उनले एक सय रोपनीभन्दा बढी जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्ने जनाए ।

‘जमीन बाँझो राख्नेलाई कारवाही गर्न जमीन ऐन तयार भैइसक्यो’, उनले भने, ‘जमीनमा उत्पादनमूलक व्यावसायिक खेती गर्न सरकारले यस्तो नीति ल्याएको हो ।’उनले व्यावसायिक खेती एवं पशुपालन गर्नेलाई सरकारले कृषि सहकारीमार्फत ऋण सहयोग गर्ने जनाएका । मन्त्री बाँस्कोटाले एक वर्षभित्र सामुदायिक माविलाई प्रविधिमैत्री बनाइने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here