‘अत्यन्त खुशीको खबर’ पुस्तक विमोचन

110

काठमाडौं / लेखक तथा आविष्कारक उत्तम सेढाई (अमर दूरदर्शी) द्धारा लिखित ‘अत्यन्त खुशीको खवर’ नामक पुस्तक विमोचन गरिएको छ ।

नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुराअवस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढाईको विश्वास छ ।

नेपाली काङग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेको लक्ष्मण सापकोटा, राजनितिज्ञ तथा समाजसेवी सिद्धार्थ अधिकारीले उक्त पुस्तक आज संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त लेखक सेढाईले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो अनुसन्धान तथा खोज गरेर आफ्नो धारणा प्रकाशित गरेको र सबैले उक्त पुस्तकले देखाएको मार्गमा हिँड्दा फलदायी हुने धारणा राखे ।

अहिले नेपाली समाजमा बैमनस्यता मौलाउँदै गएको, देशको राजनितिक, आर्थिक, समाजिक, धार्मिक, सांस्कृतिक दुरावस्थाहरु बढ्दै गएको र आफ्नो मात्र स्वार्थ केन्द्रित गतिविधिहरुमा बढोत्तरि भएको भन्दै उनले यो पुस्तकले सबैको सोचमा नयाँ तथा आमुल परिवर्तन ल्याउनेमा आफु आशावादी भएको जनाए ।

नेपाल र विश्वले हालसम्म अंगालिरहेको सैद्धान्तिक दर्शन, वाद, नीति, तर्क, सिद्धान्त, व्यवस्था प्रणाली र तिनको व्यवहारिक प्रयोगका बिचमा बढ्दो दुरी न्युनीकरणका लागि नयाँ आविष्कार र नविन चमत्कारको रुपमा लेखकले पत्ता लगाएको दिर्घकालिन वैज्ञानिक समाधान ‘नमुनावाद, नमुनातन्त्र, नमुनामार्ग चित्र र नेपाली सुहाउदो नमुना बैज्ञानिक संतीयताको खाकासम्बन्धि सबैलाई जानकारी गराउने उद्देश्यले लेखकले उक्त पुस्तक तयार पारेकोेबारे पनि उनले प्रकाश पारेका छन् ।
समाजमा ब्याप्त भ्रष्टाचार, अनियमियता, विकृति र विसंगति निर्मुल पार्नका लागि यस्ता पुस्तकको अध्ययन आवश्यक रहेको उनको धारणा थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै पुस्तकका लेखक तथा आविष्कारक उत्तम सेढाई ‘अमर दूरदर्शी’ले नेपाल र विश्वको विविध नकारात्मकताका साथै अनेकौं किसिमका दुराअवस्थाहरु न्युनिकरणका लागि आफ्नो आविष्कार मार्गदर्शक हुने आश्वस्त पारे।

सबैको साथ, सहयोग, समर्थन र प्रोत्साहन पाएमा आफुले बौद्धिक, मौलिक, दार्शनिक, सांस्कृतिक, राजनैतिक, समाजिक, आर्थिक, दुरदर्शी, दिर्घकालिन र बैज्ञानिक समाधानमार्फत नेपाल र विश्वलाई सकारात्मक रुपान्तरणतर्फ अग्रसर गराउन सफल हुने पनि उनले दाबी गरे ।

नयाँ आविष्कारमार्फत विश्वभर शान्ति, मानवता र विश्व बन्धुत्वको भावनालाई सदैव प्रोत्साहन दिन आफु प्रतिबद्ध रहेकोपनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here