देजमोको विराट जनप्रदर्शन काठमाडौंमा

57

-हुकुमबहादुर सिंह

नेकपा(क्रान्तिकारी माओवादी) निकट संयुक्त मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)को प्रथम राष्ट्रिय सम्मेलन यही चैत २४ गते काठमाडौंको प्रदर्शनीमार्गमा विराट जनप्रदर्शनका साथ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यमा उद्घाटन गरिने भएको छ र यसको बन्द सत्र २२ र २३ गते काठमाडौंको पुरानो बानेश्वरस्थित ओमसाई क्याटरिंगमा गरिने भएको छ । चैत २४ गते २०४७ को जनआन्दोलनको उत्कर्षको दिन हो, जुन दिनको ऐतिहासिक महत्व छ । यही ऐतिहासिक जनआन्दोलनको दिन देशभक्त जनगणतान्त्रिक मोर्चाको आव्हानमा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा विराट जनप्रदर्शन हुँदैछ ।

देजमोले यो आन्दोलनलाई अग्रगामी परिवर्तन चाहने सबै नेपालीको साझा कार्यक्रमका रूपमा अघि बढाउन चाहेको छ । जसका लागि फेरि अर्को ऐतिहासिक जनआन्दोलनको आवश्यकता छ । विगतका आन्दोलनभन्दा यो आन्दोलन बिल्कुलै फरक छ । किनभने अबको यो आन्दोलनले लिने दिशा भनेको संसदीय व्यवस्थाको अन्त्य र संघीय जनगणतन्त्र नेपालको स्थापना हो । जसका लागि सबैखाले प्रतिक्रियावादी व्यवस्थाको उन्मूलन हो । आजसम्म कम्युनिस्टहरूले त्याग, तपस्या र बलिदान दिएका छन् तर अन्त्यमा त्यसको प्रतिफल देशभित्रका र देशबाहिरका प्रतिक्रियावादी तत्वहरूले लिंदै आएका छन् । के स्पष्ट हो भने वर्तमानको संघीय लोकतान्त्रिक गणतन्त्रको अग्रगामी विकल्प संघीय जनगणतन्त्र हो । जसका लागि वर्तमान नेपालको संविधान २०७२ एउटा पश्चगामी संविधान हो र अहिलेको ओली सरकार कम्युनिस्ट नामको प्रतिक्रियावादी सरकार हो, फासिस्ट सरकार हो । त्यसकारण नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा गरिने क्रान्ति एउटा प्रतिक्रियावादी शासन सत्ताको स्थानमा अर्को प्रतिक्रियावादी शासन सत्ताको स्थापना नभई विद्यमान सत्तालाई ध्वंश पारी त्यसको चिहानमा अर्को नयाँ व्यवस्था–जनताको व्यवस्थाको स्थापना हो । जनताको नाममा दलाल तथा नोकरशाहहरूको हितमा काम गर्ने वर्तमान प्रतिक्रियावादी व्वयस्थाको अन्त्य र जनगणतन्त्र नेपालको स्थापना हो ।

गत संसदीय निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरेको दम्भ अहिले ओली सरकारले जताततै प्रदर्शन गर्न थालेको छ । जसको पछिल्लो परिणाम नेकपामाथिको प्रतिवन्ध हो । एकातिर ‘कम्युनिस्टहरूको ऐतिहासिक बिजय’को संज्ञा दिंदै ‘अब समाजवादको यात्रा अघि बढेको’ भन्दै छ भने अर्कोतिर देशभित्र लगानी प्रवद्र्धन गर्न विदेशी दलाल तथा एकाधिकार पु“जीवादका हतियार ‘बहुराष्ट्रिय कम्पनीहरू’का लगानीका लागि हारगुहार गरिरहेको छ । यसले यो सरकारको समाजवाद एउटा प्रतिक्रियावादी समाजवाद–जसले इतिहासका यथार्थहरूलाई अंगीकार गर्न आनाकानी गर्दछ र जसले जनतामाथि भ्रमपारी रहन सर्वहारा वर्गको मगन्ते झोलालाई आफ्नो झण्डा बनाउने गर्दछ । नेपालमा अहिले ओली सरकारले विगतको उसको सर्वहारा वर्गीय मुक्तिको झोलालाई ‘बहुराष्ट्रिय कम्पनीहरू’का लगानीका लागि हारगुहार गर्दै एउटा मगन्ते झोलालाई यो सरकारको विकासको झण्डा बनाएको छ ।

ओली सरकार बनेको लगत्तै पछि २०७४ फागुन २५ गते देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित ९४ बु“दाको ज्ञापनपत्र बुझाएको थियो तर ओली सरकारले आफ्नो प्रतिबद्धतालाई विर्सेर झन ती मागहरूका विपरीत कामहरू गरिहेको छ । मानौ उ एउटा मत्ता हात्ति हो, जसले कसैको स्वर सुन्न चाहँदैन र अगाडि भेट भएका सबैलाई तहसनहस पार्दै अगाडि बढ्दछ । उसका लागि अहिले संविधान पनि आफै भएको छ । देश र जनता सबै आफै । यो भनेको हिटलर र मुशोलिनीको पदचापको अनुशरण हो । यसरी तीता नाशाहरूको अन्त्य जसरी भयो ओलीको सरकारको अन्त्य पनि त्यही हुने छ यदि फासिस्ट बन्ने सपना नछाडे ।

यहि परिप्रेक्ष्यमा चैत २४ गते देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाडौंमा हुन गइरहेको विराट जनप्रदर्शनबाट देशमा एउटा नया“ खालको परिस्थितिको आँकलनको सम्भावना टड्कारो देखिएको छ र यसले देशमा आमूल परिवर्तनका लागि एउटा नया“ कार्यक्रमको घोषणाको आवश्यकता परिमार्जन हुने निश्चित देखिएको छ । आम नेपाली जसले अग्रगामी परिवर्तन चाहन्छ, चैत २४ गतेको देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाडौंमा हुन गइरहेको विराट जनप्रदर्शनमा सहभागिताको विकल्प छैन । singhhukum683@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here