नेपाल बस्नेलाई के थाहा ? कोरियामा भोग्नु परेको पीडा

213

नेपालमा जति आकर्षण छ कोरिया रोजगारीको परिस्थिति त्यस्तो छैन।सुरक्षित र भरपर्दो गन्तव्य बिकसित राष्ट्र भनेपनि श्रम कानुन द्वारा कृषि मजदुरलाई विभेद गरिएको छ।दुर्घटना बिमा स्वास्थ्य उपचार एवंम अन्य सेवा सुविधा बाट कृषि मजदुरहरु बन्चित छन।लगातार बाह्र घन्टा काम गर्नुपर्ने हुन्छ ।

नेपालीहरु हाल सम्म उद्योग र कृषि क्षेत्रमा कार्यरत छन।उद्योगमा काम गर्ने नेपालीहरुले महिनामा चारदिन छुट्टि पॉउछन।नेपालमा औसि र पुर्णियाको दिन हल बारे जस्तै मुश्किलले महिनाको दुईदिन छुट्टी हुन्छ ।यो पनि साहु गतिलो भए मात्र हो।काम हुने महिनामा नहुन सक्छ ।तलव समयमा नदिने ।न्युनतम सरकारले तोकेको दिन समेत आनाकानि गर्ने।खाना ऑफै वनाउने खानु पर्ने छुट्टै पैसा नदिने।अझ बत्ति पानी नेटको पैसा काटने। होस्टेलमा अतिआवश्यक सुविधा र सुरक्षाको अभाव पनि खटिरहेको हुन्छ ।

 दुव्यर्वहार घटना दैनिक बढदो छन।काम हुॅदा बेस्करी लदाएर जाडो मौसममा खेतिपातिको काम कम हुने समयमा बेरोजगार भएर बिभिन्न चर्च र सेल्टरमा शरण लिने कामदारको भिड देखिन्छ।एक्लै दुक्लै काम गर्नुपर्ने मजदुरलाई सॅधै सुरक्षाको चिन्ताले सताउछ।सॅगै एउटै उडानमा आएका साथिहरूको घर घडेरीको जोरजाम भईसक्दा कतिलाई त घरखर्च जुटाउन धौ धौ हुन्छ ।थिलोथिलो भएको अचनाको पिर खुकुरीलाई थाहा नभए जस्तो कोरिया गएकोलाई नि एस्तो हुन्छ ? पत्याउनै गारो हुन्छ ।

कोरियाको हुनि औसत तलव स्केल १६र१७लाख वन हो।नेपाली सरदर एकलाख साठि हजार हो।महड़गो बेसाहा खानुपर्ने हुनाले एकलाख बचाउन बडा मुश्किल हुन्छ ।औद्योगिक क्षेत्रमा ओभर टाइम खाना सुविधा बोनस पाउने हुनाले कृषि कामदारको भन्दा केहि बढि हुन्छ ।यसरी समान कामको लागि दोस्रो दर्जाको जीवन जिउनुको पिडा सहेर बस्नु फलामको चिउरा सरह भएको छ।नोभेम्वर देखि मार्च सम्मको काहाली लाग्दो माईनस द्दछडिग्री सम्मको कठाड़ग्रिदो जाडो होस या जुलाई अगस्ट महिनाको प्लास्टिक घर भित्रको द्धण्रद्धछ डिग्रीको उखर्माउलो गर्मी होस काम नगर्नुको कुनै विकल्प छैन।

दिसापिसाव गर्न गको समय पनि हिसाब गर्नि साउ परे क्यारनी होरुकसैलाई त्यस्तो नि पर्न सक्छ।पुल्पुलिएका अहिलेका भर्खरै प्लस टु पास गरेर कोरियाको झिलिमिली रंगिन संसारको कल्पना गरेर सिरानीभरी पैसा राखौला भनेर सुन्दर भविष्यको प्रतिक्षामा रमाईरहेका भाई बैनिलाई भन्नै पर्छ ।कोरियामा चुहुनिपहरोमा दिनभरी घन ठोक्नु भन्दा गाहरो हुन्छ ।दिनहु आउनि अनलाईनमा पत्रिकामा छापिने दुई तिनलाख मासिक कमाई हुन्छ भनेर आउनी समाचारले हामि मजदुरको आलो घाउमा नुन चुक हालेर चहर्याएको जस्तै अनुभुति दिलाउछन।नेपाल सरकार र कोरियन सरकारले नेपाली मजदुरको दयनीय अवस्थाको उचित संवोधन गर्न ढिलो भैसकेको छ।

कठिन संघर्षले पनि जिवनमा अदम्य साहस र उर्जा भरिदिदो रहेछ।आज कोरियाको काम गरेर फर्केका युवायुवतिहरूलाइ अव फेरी के गरुला भन्ने चिन्ताले पिरोल्दैन।केहि राम्रा उदाहरण पस्किन सफल भएका छन।पक्कै पनि चुनौति धेरै छन तर संभवना र अवसर उत्तिकै छन।नियालेर हेरेमा मडारिएको कालो बादलमा पनि चॉदीको घेरा हुन्छ भने झै ५० औ हजारौको संख्यामा रहेका व्यवाहरीक तालिम प्राप्त यो जनशक्ति नेपालको बिभिन्न क्षेत्रमा परिचालनको नीति सरकारले ल्याउनी हो भने सुखि नेपाली संवृद्ध नेपालको सपना साकार हुनेछ।आशा गरौ यस तर्फ दुवै सरकारको चासो बढने छ।भविष्य हाम्रो हातमा छ।-हरिराम भन्डारी कोरिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here