ब्रेक्जिटको समयसीमा बढाउन मञ्जुरी

98

एजेन्सी / ब्रेक्जिटको विषयमा बेलायती संसदमा गतिरोध अन्त्यका लागि लण्डनमा प्रयास जारी छ । हाउस अफ कमन्समा सांसदले मात्र एक भोटको बहुमतले ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा मतदान गरेको छ । बेलायती प्रधानमन्त्री यूरोपेली संघबाट ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउन माग गर्नका लागि बाध्य हुनुपर्नेछ ताकि ब्रिटेन सम्झौता बिना युरोपेली संघबाट अलग हुन नपरोस् ।

अर्कोतर्फ बैठक एवं मतदानले भरिएको व्यस्त दिनमा प्रधानमन्त्री टेरिजा मेले यो मामलाको गतिरोधलाई समाप्त गर्नका लागि विपक्षी लेबर पार्टीसँग छलफल गरिन् । लेबर पार्टीका नेता जेरेमी कार्बिनसँगको भेटलाई प्रधानमन्त्री कार्यालयले सकारात्मक भनेको छ । तर विपक्षी नेता जेरेमीले प्रधानमन्त्रीले आशा गरेअनुसार आफ्नो धारणा परिवर्तन नगरेको जानकारी दिए ।

ब्रेग्जिटको सीमा बढाउने विषयलाई लेबर पार्टीको तर्फबाट पेश गरिएको बिललाई सांसदले एकैदिनमा पारित गरेको छ । तर कानून बनाउनका लागि यो हाउस अफ लर्डस्मा पनि पारित हुन आवश्यक छ । प्रधानमन्त्रीले विपक्षी पार्टीसँग कुरा गरेकोमा तिखो विरोध भएको छ । टेरिजा मेकी पार्टिका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here