सबै काम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि ? -सीके राउत

226

काठमाडौं /  हालै मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।

आइतबार बेलुका अचानक प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन् । उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवाउन नसकेको भन्दै सबै काम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन् ।

प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here