दक्षिण कोरियामा राष्ट्रिय प्रकोपको घोषणा

90
This picture taken on April 4, 2019 shows a forest fire raging near a town in Sokcho. - A giant forest fire swept across swathes of South Korea on April 5, as authorities declared a rare national disaster, deploying 900 fire engines and tens of thousands of personnel to bring it under control. (Photo by - / various sources / AFP) / South Korea OUT

एजेन्सी / दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । उत्तरपूर्वी तटीय क्षेत्रको पाँच ओटा शहरमा भीषण डढेलो लागेर एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएपछि राष्ट्रिय प्रकोप घोषणा
गरेको छ ।

राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भइ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएको  यहाँका अधिकारीले पुष्टि गरेका छन् । डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ ।  प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए । उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई भएकाले डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । यस डढेलोको उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here