सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

141

काठमाडौं / नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो ।

सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो।  ‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र महोत्सवमा ३३ वटा देशका ८१ वटा चलचित्र प्रर्दशन गरिने छ । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिनेछ । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शन गरिनेछ ।

महोत्सवको निर्णायक मण्डल तर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा रहेका छन् ।

महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाजमा चेतना विस्तारका लागि चलचित्र सबैभन्दा महत्वपूर्ण साधन भएको जनाए । ‘समाज परिवर्तनका लागि चलचित्र राम्रो साधन हो,’ दिमागमा बसेको ‘भिजोल’ले मानिसलाई तत्काल र सकारात्मक छाप बाँचुन्जेल पाछर्, उनले भने ।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले राजधानीमा नेपाल मानव अधिकार चलचित्र महोत्सवको सातौं संस्करण सुरु भएको चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले जनाए । त्यस्तै, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मनतव्य राख्दै महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापितको कथामा निर्माण भएका चलचित्रलाई प्राथमिकतामा राखिएको जनाए ।

महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशन पछि चलचित्रका विभिन्न विषयक अन्र्तक्रिया गरिने छ, भने महोत्सवमा प्रर्दशन भएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत समेत गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here