स्कूटीलाई बचाउन खोज्दा ट्रक पल्टिएर यस्तो भयानक दुर्घटना !

253

काठमाडौं  /  चक्रपथमा स्कूटीलाई बचाउन खोज्दा २ जनाको मृत्यु हुने गरी भयानक दुर्घटना भएको छ ।

ललितपुरको नयाँबाटोस्थित चक्रपथमा प्रत्यक्षदर्शीले जनाए अनुसार बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा ट्रक असन्तुलित भई तरकारी बोकेको भ्यान किचिएको हो ।

शुक्रवार मध्याह्न ना१घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा७च २१३१ नम्बरको भ्यानलाई किचेको छ । भ्यानले किच्दा २ जनाको मृत्यु र १ जना घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।Image may contain: one or more people, sky and outdoor

भ्यानमा रहेका ३ जनामध्ये २ जनाको मृत्यु भइसकेको जनाइएको छ भने १ जना युवती घाइते भएकी छन् । तरकारी बोक्ने भ्यानमा आमाछोरीसहित चालक रहेका थिए । ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here