सिभिल बैंकको जाजरकोटमा शाखा विस्तार

70

काठमाडौं / सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले शाखाको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिलेपनि नेपालको कूल ४०५ जनताले मात्र बैकिङ्ग गर्ने र सो ४०५ भित्रको ४२५ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।

ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा वित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने जनाए ।

स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जनाए ।

सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here