पिपरपातीमा तीन महिने सिलाइ कटाइ तालिम सुरु

261

नवलपरासी / प्रतापपुर गाउँपालिका ८ को सहकार्य र उपकार समाज संस्थाको आयोजनामा निःशुल्क तिन महिने सिलाइकटाइ तालिम आज सोमबारबाट शुरु भएको छ ।

प्रतापपुर ८ पिपरपातीको सामुदायिक भवनमा कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष अंजु कुमारी चौधरीले सिलाई कटाइ गरेर र मोमबत्ती बालेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले गाउँपालिकाको लक्षित वर्ग अनुसार उक्त तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुले मेहनत गरेर अगाडि बढेमा गाउँपालिकाले हरसंभव सहयोग गर्ने बताउँनुभयो । त्यस्तै मन्तब्य दिर्दै वडा अध्यक्ष कादिर अलि अन्सारीले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहेने बताउनुभयो ।

अन्सारीले महिलाहरु सिपको कारणले पछाडि नपरुन भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकाले सबै महिलाहरु व्यावसायि मुखि र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उपकार समाज संस्था रामग्राम(२को अध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष अंज कुमारी चौधरीको प्रमुख आतिथ्यता, उपकार समाज संस्थाका उपाध्यक्ष बनवारीलाल,वडा सदस्य निजामुदिन अन्सारी, युवराज मौर्या लगायतको सहभागीता रहेको थियोे । उक्त सिप सिकाई तालिममा ४२ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here