हुरीपीडितका लागि चिनियाँ राजदुतद्वारा आर्थिक सहयोग

380

काठमाडौ, नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले हालै तराइमा आएको आँधी हुरीबाट प्रभावितका लागि आर्थिक सहयोग गरेकी छिन् । राजदूत याङछीले पीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी हुन् । उक्त रकम चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट सहयोग गरिएको हो । शनिबार प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट ध्यान केन्द्रित गरेको बताएकी छन्।

उनले नेपाली जनताको दुःखमा दुःखप्रति चिनियाँ जनता पनि दुःखी भएको र चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट नेपाललाई सहयोग गरेको बताइन्। चीनका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गर्दै उनले चिनियाँ जनता नेपाली जनताको साथमा रहेको र बिपत्तिपछि गरिने पुनर्निर्माणमा सहयोग गर्न पनि तयार भएको जनाएकी छन्।

उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको बताएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here