स्मरणशक्ति सम्बन्धी वार्षिक चार वटा कार्यक्रम हुने

56

दाङ / नेशनल ईन्स्टिच्युट अफ ह्युमन एक्सलन्स (एनआईएचई)ले बार्षिक रुपमा चार वटा स्मरणशक्ति अभिवृद्धि तालिम सञ्चालन गर्ने भएको छ । संसारकै तेज स्मरण शक्ति भएका व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराउन सफल अर्पण शर्मासँगको सहकार्यमा एनआईएचईले बार्षिक चार वटा कार्यक्रम गर्ने भएको हो ।

दाङका विभिन्न स्थानमा स्मरण शक्ति अभिवृद्धि तालिम बार्षिक रुपमा चार वटा सञ्चालन गर्ने गरी अर्पण शर्मासँग सम्झौता भएको एनआईएचईका सञ्चालक भुपालसिंह रोकायले जानकारी दिनुभयो । यहि चैत्र २३, २४ र २५ गते भएको सो तालिमपछि यसको महत्व र आवश्यकतालाई ध्यानमा राखेर भोलीका दिनहरुमा पनि तालिम सञ्चालन गर्नुपर्ने भएपछि कार्यक्रम सञ्चालनको निक्र्यौल गरिएको रोकायले जनाउनुभयो ।

विगतका दिनहरुमा दाङका विद्यार्थीहरुले तालिम लिईसकेपछि त्यसको थप आवश्यकता पुर्तिका लागि पटक पटक अर्पण शर्मालाई बोलाउन पर्ने भएपछि निश्चित समयमा पुर्णनिर्धारित कार्यक्रम नै आयोजना गर्ने संस्थाले जनाएको छ । सामाजिक रुपान्तरणको अभियानमा विभिन्न तालिम, सेमिनार, गोष्ठीहरुको आयोजना गरेको संस्थाले विद्यार्थी तथा विभिन्न क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई स्मरण शक्ति तालिम सञ्चालन गरेको थियो ।

संस्थाले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिएको हो । राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरिसक्नु भएका अर्पण शर्माले अहिले शिक्षाको नाममा बालबालिकाहरु माथि हिंसा बढिरहेको बताउनुभयो । बालबालिकाहरुको विकासका लागि भन्दा पनि उनीहरुको क्षमता र सिर्जनालाई मार्ने गरी शिक्षा दिन खोजीएको जनाउनुभयो । त्यसको लागि नयाँ शैली र नयाँ माध्यमबाट शिक्षण प्रक्रिया सञ्चालन गर्नुपर्ने यहाँको भनाई रहेको छ ।

नेशनल ईन्स्टिच्युट अफ ह्युमन एक्सलन्स (एनआईएचई)का सञ्चालक भुपालसिंह रोकायको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका प्रदेश सचिव सन्तोष दहितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here