चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

70

चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ । जिताउन इडन हजार्डले दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो । यो पटक पनि हजार्डले नै गोल गरे । उनकै नायकत्वमा चेल्सीले वेष्ट ह्याममाथि जित हात पारेको हो ।

पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ । यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here