नागरिकता सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

189

काठमाडौ, सर्वाेच्च अदालतले गृह मन्त्रालयले चैत १९ गते जन्मका आधारमा नागरिकता पाएकालाई वंशजको नागरिकता दिन गरेको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न दिएको निर्देशन तत्काल लागुन नगर्ने सर्वाेच्चले आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले तत्कालका लागि यो निर्णय यथास्थितिमा राख्न यस्तो आदेश दिएको हो ।
अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने अवस्थाबारे कारण देखाउ आदेश जारी गर्दै सम्बद्ध पक्षलाई वैशाख ३ गते छलफलका लागि समेत बोलाएको छ ।

अधिवक्ता नेउपानेले गृह मन्त्रालयको निर्णय र परिपत्र खारेज हुनुपर्ने माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here