पब्जीकै कारण राति सुत्दा बच्चा बर्बराउने समस्या ! प्रतिबन्ध लगाउने तयारी

165

 काठमाडौं / छोराछोरी दैनिक घन्टौसम्म मोबाइलमा रमाउन थालेपछि अभिभावक आजित भएर प्रहरी गुर्हान पुगेका छन्।आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले प्रहरीसँग गुहार मागेका हुन्।

पब्जीकै कारण राति सुत्दा बच्चा बर्बराउने समस्या डरलाग्दो रुपमा देखिएपछि यसलाई गेम बन्द गराउन माग गर्दै अभिभावक प्रहरीसम्म पुगेका हुन्। आइतबार महानगरीय प्रहरी अपराध महाशाखामा तीन अभिभावक यस्तै गुनासो लिएर पुगे।

उनीहरुले महाशाखा प्रमुख एसएसपी धीरज प्रताप सिंहलाई भेटेर पब्जी गेम बन्द गराउने उपाय खोज्न अनुरोध गरे।बसुन्धरा बस्ने एक महिलाले भनिन्, ‘छोरा भर्खर १२ वर्षको भयो, मोबाइल एक छिन पनि छाड्दैन। राति एकाएक हान्, मार्, मर्‍यो जस्ता आवाजले बर्बराउन थाल्यो। के रहेछ भनेर बुझ्दा पब्जी गेम खेलेर रहेछ।

यसलाई हटाउन सकिंदैन ? ’पब्जी गेमका सीडीसमेत बजारमा बेच्न प्रतिबन्ध लगाउनुपर्ने उनको माग गरिन्।जवाफमा एसएसपी सिंहले यो गेम बन्द गराउन धेरै अभिभावकले गुनासो गरेकाले बन्द गराउन प्रहरीले प्रक्रिया थालेको जनाए ।अन्नपूर्ण पोस्टमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here