वर्षाको समयमा केरा खानु स्वास्थ्यका लागि निकै उपयोगी

470

वर्षाको मौसममा केरा खानाले स्वास्थ्यका लागि निकै फाईदा हुने गरेको पाइएको छ । केरा खाँदा इनर्जी प्राप्त हुनुका साथै भरपुर तरिकाले भिटामिन ए, बी, र म्याग्नीशियम प्राप्त हुन्छ ।

यसका अतिरिक्त :  केरामा भिटामिन सी, पोटाशियम, भिटामिन बी ६, थायमिन, राइबोफ्लेविन समेत प्राप्त हुन्छ । केरामा ६४.३ प्रतिशत पानी, १.३ प्रतिशत प्रोटीन, २४.७ प्रतिशशत कार्बाेहाइड्रेट प्राप्त हुन्छ । जुन बालबालिकाका लागि निकै उपयोगी हुन्छ । यसका अतिरिक्त केरा खानाले अन्य विभिन्न फाईदा समेत हुने गरेका छन् ।

ग्यास, एसिडिटी र कब्जीयतमा लाभः

केरा खानाले पेटमा भएको जलन, ग्यास, एसिडिटीमा राहत मिल्ने बताइन्छ । साथै यसमा रहेको पेसटिन तत्वले खानपिनका कार उत्पन्न हुने समस्यालाई समाधान गर्न समेत सहयोग गर्छ । साथै कब्जीयतमा समेत यसले फाइदा हुन्छ । केरालाई चीनीसँग मिलाएर खानाले पेटको समस्यामा फाइदा हुन्छ ।

अल्सरमा फाईदा :

केरा खानाले अल्सरबाट छुटकारा पाउन सहयोग गर्दछ । यसले पेटमा हुने समस्यालाई समाधान गर्दै यसबाट मुक्त बनाउँछ।

त्यस्तै केराको सेवनले कफ र उल्टी, महिनावारी, जलन, क्यालेस्ट्रोल, प्रतिरक्षा शक्ति, रगतको कमि र स्वास सम्बन्धि रोगमा समेत फाइदा पुर्याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here