टोटनह्यामले म्यानचेस्टर सिटीलाई हरायो

144

टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई हराउन सफल भएको छ ।  आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
टोटनह्यामको जितमा सन हेयुङ मिनले गोल गरेका थिए। उनकै गोलमा बलियो टिम म्यानचेस्टर सिटीमाथि टोटनह्यामले जित निकालेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ७८औं मिनेटमा मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलअवधिभर भने म्यानचेस्टर सिटीले बल आफ्नो पकडमा राखेको थियो । तर गोल गर्न असफल भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here