प्राकृतिक प्रकोप पिडितको सहयोगार्थ महानगरपालिकाबाट प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

256

काठमाडौं / काठमाडौं महानगरपालिकाले बारा र पर्साका आँधी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ । यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेका हुन् ।

आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका थिए ।

केही दिन अघि मात्र महानगरपालिकाको नगरकार्यपालिका बैठकले बारा र पर्साका आँधी प्रभावितका लागि महानगरपालिकाका तर्फबाट २५ लाख र जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमध्येबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो । चैत १७ गते राती बारा र पर्सामा भिषण हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here