सगरमाथाको उचाइ नाप्न नापी विभागको टोली सगरमाथातर्फ प्रस्थान, प्रधानमन्त्रीले गरे विदाइ

168

काठमाडौं / सगरमाथाको उचाइ नाप्ने नेपाली नापी विभागको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका छन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन् ।

नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा उनीहरुलाई विदाई गरे । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सगरमाथाको उचाइ मापन गर्ने टोली आजै सगरमाथातर्फ प्रस्थान गर्ने छ ।

यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । यद्यपि नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here