युनाइटेडको आत्मघाती गोलमा बार्साको जित

79

एजेन्सी / म्यानचेस्टर युनाइटेडका लुक शअको आत्मघाती गोलका कारण बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा जित्न सफल भयो । बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराएको थियो । १२ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा लुइस स्वारेजको हेड प्रहार लुक शअलाई लाग्दै गोल भएको थियो । उक्त गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता दिइएका थिए । बार्सिलोनाले खेलको सुरुमा युनाइटेडलाई दबाब दिएता पनि थप गोल गर्न असफल रह्यो । युनाइटेडले पनि राम्रा मौका गुमाएको थियो । युनाइटेड अहिलेसम्म आफ्नो मैदानमा बार्सिलोनासँग हारेको थिएन । यस जितसँगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आउँदो खेल बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडसँग अर्को साता दोस्रो लिग खेल्ने भएको छ । युनाइटेडलाई भने सेमिफाइनलमा पुग्न दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here