क्रिस्टियानो रोनाल्डो टोलीमा फर्कियो

237

एजेन्सी / इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन् ।

‘रोनाल्डो भर्खर टोलीमा फर्किएकोले धेरै राम्रो खेल्दै आएका छन् । उनी आफ्नो एक्सनमा फर्किए जस्तो लाग्छ । उनले गोल गर्नु कुनै आश्चर्य होइन । किनकी उनी रोनाल्डो हुन्,’ प्रशिक्षक एलेग्रीले बताए ।

च्याम्पियन्स लिगमा क्वार्टरफाइनल खेलको पहिलो लेगमा डच टोलीविरुद्ध रोनाल्डोले एक गोल गरेका थिए । खुट्टाको चोटले एक महिनाको विश्रामपछि उनीले टोलीमा पुनरागनम गरेका थिए । आयक्सविरुद्ध उत्कृष्ट हाइभ हेड गोल गरेका उनले खेलभर उत्कृष्ट प्रदर्शन गरे ।

रोनाल्डोको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिए पनि अन्तमा बराबरीमा चिक्त बुझाएको थियो । आयक्सविरुद्धको गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल संख्या एक सय २५ पुर्याएका छन् । प्रशिक्षक एलेग्रीले खेलमा रोनाल्डोबाट अन्य गोलको समेत अपेक्षा गरेको बताए । प्रशिक्षक एलेग्रीले दोस्रो लेगमा रोनाल्डोसहित टोलीले राम्रो खेल्ने दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here