काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनैतिकता नेपालीको संस्कार र परम्परा नभएको बताएका छन् । हामी नेपाली मेहनतको कमाइमा विश्वास गर्छौँँ । भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन र हुनै सक्दैन । नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री निवासमा देशवासीका नाममा सम्बोधन गर्दै उनले भने । ओलीले शंकाको घेरामा रहेका र विगतमा अवान्छित कार्यमा रहेकाहरु अहिले छटपटाइरहेको बताएका छन् । सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन लागेको भन्दै उनले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु फिर्ता गरिने प्रतिवद्धता जनाएका छन् । राज्यको सम्पत्तिको अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन्, उनले भने ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाई चूनौतिपूर्ण भएको यसले लामो समय पनि लिनसक्ने बताएका छन् । तर जुन सुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचारलाई उन्मुलन गर्ने अभियानमा आफू प्रतिवद्ध रहको उनको भनाई छ ।
समृद्धिको अर्को पूर्व सर्त शान्ति भएकाले बितेको वर्षमा मुलुकले महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेको बताएका छन् । उनले बिखण्डनको नारा लिएर अघी बढेको समूह नेपालको संविधान अनुरुप क्रियाकलाप गर्ने घोषणा गर्नु सामान्य विषय नभएको बताए । उनले विभिन्न आवरणमा भइरहेका हिंसाको अन्त्यका लागि राष्टिय अभियान सुरु गरिएको बताए ।
सबै किसिमका अतिवाद र अशान्तिबाट मुलुकलाई छिट्टै मुक्त गराइने भन्दै उनले शान्तिपूर्ण र स्थायीत्वको बाटोमा हिड्न थालेको मुलुकमा हिंसाको अर्काे दुष्चक्र किमाथ्र्य स्वीकार्य हुन नसक्ने बताए । संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिने उनको भनाई छ । उनले नेपाल विकासको गतिमा तिव्र ढंगले अघी बढेको बताएका छन् ।


















