नव वर्ष २०७६ सालमा ऊर्जा थपोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

755

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ सालले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । २०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानुन बनाउन सफल भएको र सुशासन तथा समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उनले उल्लेख गरेकी छन् ।

राष्ट्रपतिले शुभकामना सन्देशमा लेखेकी छन्, ‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप उर्जा प्रदान गरोस् ।’

प्राकृतिक एवम् साँस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधिन र स्वाभिमान राष्ट्रको रुपमा विश्वमानचित्रमा अंकित छ । यस नव वर्षको पावन अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु । मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।

नव वर्ष २०७६ मुलुकमा समृद्धि र दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भनि कामना गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here