७ हजार किमि यात्रा गरेर विश्व रेकर्ड राखे

186

एजेन्सी / जापानका एक युवकले प्रेमिकालाई गुगल अर्थको मद्दतले जापानको नक्सामा ‘म्यारी मी’ लेखेर विवाहको प्रस्ताव राखेका छन् । यसका लागि उनले जीपीएसको प्रयोग गरे र ६ महिनामा सात हजार किलोमिटरको यात्रा गरेका थिए । यस्तो अचम्मको तरिकालाई गिनिज बुकले सबैभन्दा लामो ‘जिपिएस ड्रइंग’ मान्दै विश्व रेकर्डमा समावेश गरेको छ । जब उनकी प्रेमिकालाई यसबारे थाहा भयो तब उनले विवाहको प्रस्ताव अस्विकार गर्न सकिनन् । गुगलले यो व्यक्तिको अप्रत्याशित कहानी ट्वीट गरेर जानकारी दिए ।

टोकियोमा बस्ने यासुशी ताकाशाही उर्फ यासान सन् २००८ मा नात्सुकीमा बस्ने आफ्नी प्रेमिकालाई प्रस्ताव राख्न चाहन्थे । उनको इच्छा यो मौकालाई स्मरणीय बनाउने थियो । यसका लागि उनले १० वर्ष अनुसन्धान गरे । उनले गुगल अर्थ र स्ट्रीट भ्यूका साथै जिपिएस आर्ट बनाए ।

यासानले जापानको नक्सामा म्यारी मी र मुटु अंकित चित्र बनाउनका लागि निर्धारित रुटमा यात्रा सुरु गरे । यसका लागि आफूसँग जिपिएस डिभाइस राखे । त्यसपछि यो रुटलाई म्यापिङ टूल गूगल अर्थमा अपलोड गरे । यसलाई जापानको पूरा नक्सामा देख्न सकिन्छ ।  यो कामका लागि यासानले आफ्नो जागिर छोडिदिए र यात्रा गर्ने योजना बनाए । उनले होक्काइडो आइल्याण्डबाट यात्रा सुरु गरेर कोगोशिमाको तट पूरा गरे । ६ महिनामा उनले करिब ७ हजार किमिको यात्रा गरेका थिए ।

प्रेमिकाले भनिन्, ‘म यो सरप्राइजबारे सोच्न पनि सक्दिनथेँ ।’

यासानकी प्रेमिकाले आफूले यस्तो सरप्राइजबारे सोच्न पनि नसकेको बताइन् । उनले भनिन्, ‘उनीप्रति मेरो प्रेम संसारको सबैभन्दा महान प्रेम जस्तो लाग्छ । म यो प्रस्ताव भित्री मनदेखि स्विकार गर्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here