अवैध US डलर सहित २ जना पक्राउ

258

काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अवैध US डलर सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार  र  Aakuv Stecki को साथबाट US डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ ।

त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरेको हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here