जनयुद्धको म्यान्डेड धर्मनिरपेक्षता थिएन कहाँबाट आयो ?

221

काठमाडौ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले धर्मनिरपेक्षता आफूहरुको माग नभएको दाबी गरेका छन् । धर्मलाई बोकेर हिँड्न नहुने भन्दै उनले धर्मलाई राजनीतिक एजेण्डा बनाउदा भोलि मिलाउन गाह«ो हुने बताए ।
आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको दाबी गर्दै शर्माले धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा भएको बताए । ‘त्यतिवेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन् । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो । त्यतिवेला सरकारमा कांग्रेस र तत्कालिन् नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन् । कहाँबाट आयो ? हामीलाई थाहा थिएन् । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’
पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ । भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होईन भन्ने प्रश्न उठाएका छन् ।
भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाई छ । उनले भने,‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ । कमजोर बनाएर गौरव गर्नुहुँदैन् ।’
उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको बताए । उनले भने,‘अहिलेपनि हाम्रो देशमा धार्मिक पर्यटकहरु बढि आउँछन् । सनातन हिन्दू धर्म भनेको मुलुकको समृद्धिको आधार पनि हो ।’
प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ । उनले भने,‘बुद्ध र शिवको एउटै मन्दिरमा पूजा हुन्छ ।’
वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ । उनले सरकारको विरोध गर्न दिनभरि कुरा गर्दापनि समय नपुग्ने तर समर्थन गर्नको लागि एउटापनि आधार नभएको जिकिर गरे । उनले ईतिहाँसमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको आरोप लगाए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । उनले भने,‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here