प्रियंका-दिलीप एक साथ ‘पशुपतिको सुनैको गजुरमा’

183

काठमाडौं  / चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएको छ ।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । सन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

यो जोडीलाई पहिलो पटक ‘पशुपतिमा सुनैको गजुर’मा गीतमा देख्न सकिन्छ । नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here