सेनामा ८ हजार जनालाई जागिर आह्वान

259

काठमाडौं /  नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीमा आठ हजारभन्दा बढी कर्मचारी माग गरेको छ। सेनाले विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको हो।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत्  दरखास्त दिन सक्नेछन्।

दरखास्त दिन १० रुपैंयाको टिकट टाँसेर निवेदन दिनुपर्ने हुन्छ।

लेखाका जमदारका लागि प्लस टु पास, अलददारका लागि एसईई पास, ड्राइभरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ। आजदेखि जेठ १ गतेसम्म दरखास्तका लागि समय छ। सेनाले मंगलबारको गोरखापत्रमा सूचना निकालेर रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here