अज्ञात समूहद्वारा मकवानपुरमा २ वटा गाडीमा आगजनी

104

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको अवज्ञा गरेको आरोपमा मकवानपुरमा २ वटा सवारीसाधनमाथि आगजनी भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी हो।

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले जानकारी दिए।

जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ। त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ। बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here