बस र टिपर ठोकिदा एकजनाको मृत्यु, दुई घाइते

80

भक्तपुर- गएराति सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बस र टिपर ठोकिदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। भक्तपुरबाट बनेपा जाँदै गरेको बा३ख १७८४ नं।को बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नं।को टिपर गएराति १२ः४५ बजे एकापसमा ठक्कर खाँदा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मृत्यु भएको हो।

उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here