‘दर्शकको सन्तुष्टि नै मेरो सफलता’ सलिनमान बनिया

289

काठमाडौं / ‘ए मेरो हजुर २’ बाट डेब्यू गरेका स्टाइलिस अभिनेता सलिनमान बनिया अभिनीत दोस्रो चलचित्र ‘यात्रा’ ले अहिले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख संकलन गरेको चलचित्रलाई दर्शकले राम्रो भनेका छन् । सलिनकोे अभिनय र एक्सनलाई सबैले तारिफ गरेका छन् भने डेब्यू गर्ल मलिका महतलाई राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ ।

यस नेपाली कथानक चलचित्रलाई अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ सँग जुधेका कारण व्यापारमा ठूलो असर पुगेको छ । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अनमोललाई ‘पहिलो नम्बर नायक’ भन्दै अभिनेता सलिनले बरु आफू हार्ने तर नभाग्ने खुलाशा गरेका छन् । मंगलवार दिउँसो चिनियाँ कलाकारको साथमा फेरि एकपटक फिल्म हेरेपछि सलिनले हार र जित आफूलाई नभई निर्मातालाई थाहा हुने जनाएका छन् ।

पहिलो वरियताकासँगको प्रतिस्पर्धा कति सहज भयो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने — ‘प्रतिस्पर्धा कस्तो रह्यो मलाई थाहा भएन । लगानी कति उठ्यो त्यो निर्माताहरुको कुरा हो । म चाहिँ सन्तुष्ट छु । दर्शकले चलचित्र मनपराइ दिनु भएको छ । मेरो लागि दर्शकको सन्तुष्टि नै सफलता हो ।’ रिलिजपूर्व ‘यात्रा’ फ्लप हुने र कथावस्तु राम्रो नभएको धेरैले अनुमान गरेको भएता पनि चलचित्रलाई दर्शकले अत्याधिक रुचाएको उनको भनाई छ ।

आपूmले खेलेको चलचित्रसँग एकसाथ रिलिज भएको ‘ए मेरो हजुर ३’ अहिलेसम्म नहेरेको तर केही दिनमा हेर्ने जनाएका छन् । सलिनले ‘ए मेरो हजुर ३’ टिमलाई ‘यात्राु हेर्नका लागि निमन्त्रण गर्नेछु । चलचित्र हेर्न पुगेका निर्देशक, कलाकार तथा द्वन्द्व निर्देशक हिमाल केसीले सलिनको कामको प्रशंसा गर्नु भयो । यस चलचित्रमा उनको द्वन्द्व निर्देशन छ भने सलिनलाई २ महिना एक्सन तालिम समेत दिएका थिए ।

‘एक्सन गर्न ज्यादै गाह्रो हुन्छ । सलिनले एक्सन सिक्न निकै मिहिनेत गरेको थियो, जुन अहिले दर्शकले पनि निकै रुचाउनुभएको छु, उनले भने— ‘मैले एक्सनमा नयाँ स्वाद दिने जे सोचेको थिए त्यो पूरा भएको महशुस गरेको छु ।’ उनले एक्सन गर्न इच्छाशक्ति हुनु पर्ने र सलिनमा त्यो रहेको उनको भनाई छ । उनले सलिनलाई एक्सन सिकाउन गाह्रो नभएको पनि बताउँछन् ।

‘एक्सनमा नयाँ छिमलका कलाकारहरु जति मिहिनेत गर्नुहुन्छ, त्यसमा सलिन पनि पर्छ । उसले ‘यात्रा का लागि एक्सनमा एकदमै मिहिनेत गरेको छ, जुन पर्दामा देखिएको पनि छु, निर्देशक केसी अगाडि भन्छन्, ‘सलिन एउटा प्याकेज हो । ऊ लभस्टोरी र एक्सन सबै कुरामा फिट छ ।’ ‘यात्रा’ का निर्देशक सम्राट शाक्यले भने फिल्म रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिँदै सलिनसँग पुनः टिमअप हुनसक्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here