देजमो नेपाल जनगणतन्त्रको मार्गतर्फ अग्रसर

273

-हुकुमबहादुर सिंह

देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो) नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सफलता यस अर्थमा कि यसले प्रथमयसको उद्घाटन भव्यरुपमा विराट जनप्रदर्शनका साथ यो घोषणा गरेको छ कि–’अब नेपाल र नेपालीको मुक्ति वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रबाट होइन त्यसका लागि देश अब संघीय लोकतान्त्रिक जनगणतन्त्रतर्फ अगाडि बढनु अति आवश्यक भएको छ ।’ उक्त उद्घाटन भाषणमा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव क. मोहनवैद्य किरणले भन्नु भयो –’जनविरोधी सरकार र सत्ताले जनतामाथि दमन गर्न आफ्ना प्रहरी र सेनालाई आदेश दिन्छ भने जनताले पनि आफ्नो सुरक्षाका लागि आफ्नो सेना–जनसेनाको निर्माण गर्ने छन् र जनविरोधी बन्दुकका बदलामा जनताका सेनाले पनि जनताकातर्फबाट बन्दुक उठाउन बाध्य हुने छन् ।’

त्यसपछिको बन्द सत्रबाट सम्मेलनले पार्टीको केन्द्रीय समिति बढीमा ९५ जनासम्म बनाउने निर्णय गरेको छ । र राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुमा गम्भीरतार्पूक छलफल गरी ज्यादै महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । यसको साथै ओली सरकारले विपक्षी पार्टीहरुमाथि दमन गर्ने नीति अपनाएको र त्यही सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहमाथि लगाएको प्रतिबन्धको विरोध मात्रै गरेको छैन, उक्त प्रतिबन्ध तत्काल हटाउन समेत माग गरेको छ । साथै देजमोको राष्ट्रिय सम्मेलनका दौरानमा पार्टीमाथि सरकारले गरेको दमनको पनि विरोध गरेको छ । उक्त दमनका क्रममा पार्टीका कैयौ नेता तथा कार्यकर्ताको गिराफ्तारीलाई लिएर उनीहरुको अविलम्व रिहाइको माग गरेको छ ।

अमेरिकी सम्राज्यवाद र त्यसका पिछलग्गु अन्य साम्राज्यवादी देशहरुले संयुक्त रुपमा भेनेजुयलाको नीर्वाचित सरकारमाथि गैर कानुनी हस्तक्षेप र नाकाबन्दीको पनि पार्टीले गम्भीरतापूर्वक लिंदै तत्काल त्यसको अन्त्यको माग गरेको छ । देशमाअहिले व्यापक रुपमा फैलिएको भ्रष्टाचार र त्यसको संरक्षणमा देखिएको ओली सरकारको चर्को विरोध गर्दै भ्रष्टाचार विरोधी आन्दोलनलाई अझ सशक्त बनाएर लैजाने घोषणा समेत गरेको छ । त्यसैगरी देशमा व्याप्त महंगी र कालाबजारीका विरुद्ध संगठित भएर अगाडि बढन समेत आव्हान गरेको छ ।

फागुन ७ गतेदेखि २१ सम्म गरेको मेची महाकाली अभियानमा आधारित भएर पार्टीले भारतद्धारा नेपालको विभिन्न ठाउ“हरुमा गरेको सीमा अतिक्रमण र सिमामा रहेका नेपालीमाथि उसको ज्यादती तत्काल रोक्न र विवादित क्षेत्रको सीमा नियमन गर्न जोडदार माग गरेको छ । भारतले प्रकाशित गरेको नेपालको नक्साजसले नेपालका कैयौ भागहरु भारतको नक्साभित्र पारेर प्रकाशित गरेको छ र यो ओली सरकार त्यही नक्सालाई आफना कार्यालयहरुमा टा“सेर खुसीसाथ बसिरहेको छ । उक्त गलत नक्सालाई तत्काल हटाई त्यसको ठाउ“मा सही नक्सालाई राख्न माग गरेको छ । साथै नागरिकता ऐन संसदमा प्रस्तुत भै विचाराधिन रहेको अवस्थामा गृह मन्त्रालयका तर्फबाट अंगिकृत नागरिकका सन्तानलाई वशंजका आधारमा नागरिकता दिने परिपत्र गरेकोप्रति पार्टीको गम्भिर ध्यानकर्षण भएको भन्दै सरकारको त्यस प्रकारको राष्ट्रघाती कार्यको विरोध एवं खारेजीको माग गरेको छ । यसैगरी बारा पर्सामा भएको जनधनको विध्वंसले पिडित जनताप्रति दुख व्यक्त गर्दै उनीहरुलाई तत्काल उचित क्षेतीपूर्ति र उनका भत्केका घरको पुनः निर्माणमा सरकार लाग्न पनि जोडदार माग गरेको छ । साथै नेपालको जलस्रोतमाथि भारतीय गिद्येदृष्टिको विरोध गर्दै भारतसित गरिएका सबैखाले असमान सन्धी सम्झौताहरुको खारेजीको माग गरेको छ ।

सम्मेलनको अन्त्यमा देजमो नेपालका अध्यक्ष सिपि गजुरेलले विज्ञप्तिमार्फत भनेका निम्न भनाइहरु अति नै महत्वपूर्ण छन्, जस्मा उहा“ले भन्नु भएको छ–’देजमो नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन यहि २०७५ साल चैत्र २४, २५ र २६ गते काठमाण्डौको भृकुटी मण्डपमा व्यापक जनसहभागिताबीच भव्य एवं सभ्य रुपमा उदृघाटन भएर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त राष्टिय सम्मेलनले पारित गरेका महत्वपूर्ण नीति, कार्यक्रम र निर्णयहरुको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।’ जनगणतन्त्र नेपाल अबको पार्टीको तत्कालको नारा बनेको छ र देजमो नेपाल जनगणतन्त्रको मार्गतर्फ अग्रसर भइसकेको छ । [email protected]जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here