चट्याङ लागेर दैलेखमा ११ जना घाइते

36

दैलेख – दैलेख जिल्लाको विभिन्न ठाउँमा चट्याङ लागेर ११ जना घाइते भएका छन्। नौमूले गाउँपालिकाको–२ मा बुधवार राति परेको चट्टयाङ्ग लागेर ७ जना घाइते भएका छन्।

गाउँपालिका २ बालुवाटारको नौफेरीमा बारीमा चट्टयाङ्ग पर्दा घरमा बसिरहेका ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

घाइते मध्ये १ जनाको जिल्ला अस्पताल दैलेख र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै दैलेखको महावु गाउँपालिका ६ लामिडाँडाको कुईयाँपानीमा बिहीबार साँझ परेको चट्याङ लागेर ४ जना महिला घाइते भएका छन्।

महावु गाउँपालिका ४ का जयबहादुर शाहीको घरमा परेको चट्याङ लागेर आँगमा आमा समूहको बैठक बसिरहेका महिलाहरू घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४५ बर्सिया जयकुवँरा शाही र ६३ बर्सिया लाल सरा रावत बेहोस भएको र २६ वार्षिया गीता विक र १७ बर्षिया अनिता शाही अर्धचेत भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। घाइते सबैको स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here