ल्वाङवाला चिया पिउनुको फाइदा !

273

अदुवा र अलैँची चियाभन्दा पनि ल्वाङवाला चिया बढी फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।

ल्वाङको चिया  दाँतको दुखाइ भएकाले सेवन गर्दा पनि राम्रो हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । हाडको दुखाइको समस्या भएका मानिसले ल्वाङ चिया पिएमा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पु¥याउँछ ।

ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।

एसिडिटीका कारण पेट दुख्ने, पोल्नेजस्ता समस्या  हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here