सगरमाथा सफाईमा नेपाली सेना अग्रसर

225

काठमाडौ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताह अन्तर्गत नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थासँग मिलेर नाम्चे स्थित सगरमाथा हिमाल सफाई अभियान सुरुगरेको छ ।

बैशाख १ गतेबाट सुरु भएको अभियान अन्तर्गत सेनाले गत ५ गते २५०० किलो बन्दोबस्तीका सामान एमआई १७ हेलिकप्टरबाट काठमाण्डौदेखि नाम्चेसम्म ढुवानी गरिएको थियो ।

खुम्बु क्षेत्रमा संकलित करिब एक हजार किलो नगल्नेरनसड्ने फोहोर काठमाण्डौ ल्याई ब्ल्यु वेस्ट टु भ्याल्यु प्रा.लि. का प्रतिनिधिलाई हस्तान्तरण गरेको थियो । एक हजार किलो नगल्ने र नसड्ने फोहोरलाई उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको छ ।

प्रधानसेनापतिको “कमाण्ड मार्ग निर्देशन २०७५” अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार जेठ १५ गतेसम्म संचालन हुने सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा आवश्यक सहयोग प्रदान गर्ने छ । यस किसिमका सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्रा्ष्ट्रिय जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here