आईजीएलमा नयाँ कप्तान स्मिथले राजस्थानलाई जिताए

80

एजेन्सी / स्टिभ स्मिथले कप्तानी पारी खेल्दै राजस्थान रोयल्सलाई आईजीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जिताउन सफल भएको छ ।

जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी रहदा ५ विकेट गुमाएर भेट्टायो । कप्तान स्मिथ ५९ रनमा अविजित रहे । राजस्थानले शनिबार मात्र अजिन्क्या रहानेको सट्टा स्मिथलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो । स्मिथले आफूमाथि गरेको भरोसालाई सही सावित गरे । स्मिथले रियान प्ररागसँग ७० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । प्रराग ४३ रनमा आउट भए । सञ्जु सामसनले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । ११ रन जोड्दा पहिलो विकेट गुमाएको मुम्बइृका लागि क्विन्टन डिकक र सूर्यकुमार यादवले ९७ रनको महत्वपूर्ण साझेदारी गरे । १४ औं ओभरको अन्तिम बल फाल्नुअघि बिन्नीको बलमा आउट भएका यादव ३५ रन बनाए । त्यसपछि मुम्बईको गतिमा ब्रेक लाग्यो । डिककले ६५ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here