नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब समाचार भ्रमपूर्ण, पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको सबैमा अपिल

119

काठमाडौं – नेपाल कम्युस्टि पार्टी पूर्वी कमान्डका इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका छन् ।

इन्चार्ज शर्मा विरहीले आईतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here